दफा
दण्ड सजाय

यस ऐनको बर्खिलाप काम गर्ने सेवाको कर्मचारी वा सेवाको काममा लगाइएका कुनै व्यक्तिलाई कसुरको मात्रा हेरी दश वर्षसम्म कैद वा दश हजार रूपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ र त्यस्तो कसुर गर्ने व्यक्तिबाट धन सम्पत्तिको नोक्सान भएको रहेछ भने सो क्षति निजको आफ्नो अंशभागको हुने चल अचल सम्पत्ति लिलाम गरी त्यसबाट भराईनेछ । त्यसरी भराई दिंदा क्षतिपूर्ति दिनु पर्ने रकम निजको त्यस्तो सम्पत्तिबाट उपर हुन नसकेमा बाँकी रकम वापत प्रचलित कानुनबमोजिम जरिवाना नतिरेसरह गरी कैद हुनेछ ।